Comments Add Comment

लेखक-साहित्यकारलाई परिचयपत्र दिन कार्यविधि

६ वैशाख, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार गरेको छ । ‘लेखक-साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको छ ।

संशोधनसहित कार्यविधि तयार पार्न प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई ‘लेखक-साहित्यकार परिचयपत्र’ दिने पहिलेदेखिकै योजना कार्यान्वयन गर्न यही महीनाभित्र राष्ट्रपतिबाट परिचयपत्र वितरण शुरुआत गरिने जानकारी दिए।

प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार परिचयपत्रमा लेखक-साहित्यकारका नाम-उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइने छ । परिचयपत्र पाउन सम्बन्धित लेखक-साहित्यकारले आफ्नो कृतिसहित आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment