+
+
Shares

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १३:३४

६ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको हो । पक्षघातसम्बन्धी रोगको उपचार गराएर वैशाख ४ गते भारतबाट फर्केका उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि चिकित्सकसँगको समन्वयमा परिवारजनले उनलाई घरमै लगेर गएका थिए । परिवारजनका अनुसार आइतबार राति १२ बजेको समयमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?