+
+
Shares

पोखरा महानगरलाई जापानी कम्पनीले दियो ३५ हजार मास्क

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १४:२२

६ वैशाख, काठमाडौं । जापानको मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ३५ हजार थान मास्क प्रदान गरेको छ ।

पोखरा महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका अध्यक्ष शोगो अदाचीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई उक्त मास्क हस्तान्तरण गरे ।

नेपालमा जापानिज भाषा कक्षा सञ्चालन गरिरहेको मेइहोकु ट्रेनिङको अगुवाइमा जापानको कितानागोया शहर अवस्थित मेइहोकु कम्पनीले पोखरा महानगरपालिकालाई करिब १७ लाख रुपैयाँ बराबरको ३५ हजार थान मास्क उपलब्ध गराएको मेइहोकुका अध्यक्ष अदाचीले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त भइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरिएको उनले बताए ।

मास्कले कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताउँदै, नगर प्रमुख जीसीले नेपाल–जापानबीच सुमधुर सम्बन्ध रहेको र जापानको यस्तो सहयोगले नेपाल र नेपालीको मन जितेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?