+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेलम्चीको १७ करोड लिटर पानी आयो प्रणालीमा, कीर्तिपुर र भक्तपुरमा पनि वितरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १५:३६

६ चैत, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सोमबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थालेको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।

चैत १५ बाट महाँकालचौरबाट काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट पानीको मात्रा बढाउँदै लगिएको थियो । मिनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार अब भक्तपुर, कीर्तिपुर लगायतका क्षत्रेमा पनि मेलम्चीको पानीको वितरण सुरु हुनेछ । ‘मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाएको छ,’ उनी भन्छन्,‘अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण गर्छौं ।’

मेलम्ची खानेपानी आयोजनाले फागुन महिनामा परीक्षणका लागि सुरुङमा पानी पठाएको थियो । त्यसको दुई सातापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।

अहिले अनामनगरका १६०० वटा धारामा बाहेक अन्यत्र पुरानो वितरणलाइनबाट पानी वितरण गरेको छ । केयूकेएलले काठमाडौंमा बिछ्याइएको करिब एक हजार किलोमिटरको नयाँ वितरण लाइनमार्फत पानी वितरण गर्न अब क्रमैसँग परीक्षण गर्ने योजना बनाएको छ ।

तर, नयाँ वितरण लाइनमार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ–ठाउँमा थप लिकेजको समस्या देखिन सक्ने अनुमान छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण गरिसक्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?