Comments Add Comment

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

६ वैशाख, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार ८ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । सेयर बजारमा कारोबार हुने समूहहरु मध्ये हाइड्रोपावर र फाइनान्स समूहको सव–इन्डेक्स बढेका छन् भने बाँकी घटेका छन् ।

समग्रमा बजार घटेपनि केही कम्पनीहरुको सेयर मूल्यमा निकै राम्रो सुधार देखिएको छ । सोमबार धेरै कमाउनेमा ज्योती लाइफ इन्स्यारेन्स कम्पनीको सेयर लगानीकर्ताहरु देखिएको छन् । यो कम्पनीको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात ६२ रुपैयाँले बढेको छ ।

यसैगरी धेरै सेयर मूल्य वृद्धि हुने दोस्रो नम्बरमा महिला लघुवित्त वित्तीय संस्था देखिएको छ । १ हजार ४ सय ६० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको महिला लघुवित्तको ९.९४ प्रतिशत अर्थात १३२ रुपैयाँले सेयर मूल्य वृद्धि भएको छ । यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर, एनआईडीसीएल र लिवर्टी इनर्जीको पनि सेयर मूल्य राम्रो वृद्धि भएको छ ।

सेयर मूल्य धेरै घट्नेको पहिलो नम्बरमा भने चन्द्रागिरि हिल्स लिमिटेड देखिएको छ । यसको सेयर मूल्य २३६ रुपैयाँले घटेर २ हजार १ सय ७३ रुपैयाँमा आइपुगेको छ ।

यी हुन् धेरै कमाउने र धेरै गुमाउने १०/१० कम्पनीहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment