+
+

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै बनाए मुख्यमन्त्री पोखरेलले मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १७:२८

६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै सपथ लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?