Comments Add Comment

कुन-कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

फाइल तस्वीर

६ वैशाख, काठमाडौं । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै महानगरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् ।

ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समावेश गरिएको छैन ।

उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकामा पनि वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा पनि शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment