
६ वैशाख, काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा आयोजित ‘लण्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना बियरले रजत र कास्य पदक जितेको छ ।
गत मार्च १७, २०२१ मा आयोजित प्रतियोगितामा अर्ना (८) तथा अर्ना लाइट बियरले क्रमशः रजत र कास्य पदक जितेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जुन विश्व बियर उद्योगमा सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो ।
यती ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कुरा कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको कम्पनीले जनाएको छ ।
‘लन्डन बियर कम्पिटिसनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रतिस्पर्धाका निर्णायकले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको विभिन्न विधाहरुमा मूल्यांकन गरी विजेता घोषणा गरेका थिए ।
लण्डन बियर प्रतिष्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता एवं उपभोक्ता तथा अन्य सहभागीहरु लगायतको रोजाइको प्रतिनिधित्व समेत गर्ने कम्पनीले जनाएको छ ।
यस स्पर्धाका निर्णायकहरु बियर उद्योगका विभिन्न पक्षका विशेषज्ञहरु जस्तै : विश्लेशक, उत्पादन पक्ष, बिक्री वितरण, व्यापार प्रवर्द्धन पक्ष, शैक्षिक क्षेत्र लगायतको प्रतिनिधित्व हुने गरी छनोट गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार अर्ना (८) ले १०० पूर्णाङ्कमा ८५ अंक प्राप्त गरि रजत पदक प्राप्त गर्न सफल भएको थियो भने अर्ना लाइट ले ७२ अंकका साथ काश्य पदक प्राप्त गरेको हो ।
यो जित यती ब्रुअरी प्रालिको मात्र नभई मुलुककै लागि पनि गर्वको विषय भएको भन्दै यस नतिजाले उपभोक्ताका रोजाइका विश्व स्तरीय बियर हाम्रो मुलुकमा पनि उत्पादन भइरहेका छन भन्ने प्रमाणित भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4