
६ वैशाख, काठमाडौँ। महानगरीय प्रहरी परिसर काठमाडौंले बञ्चरो प्रहार गरी लुटपाट गरेको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ महानगरपालिका वडा नं.१६ बालाजु गंगाहल नजिक सार्वजनिक स्थानमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय सुमन परियार, मकवानपुरका २१ वर्षीय सुरज तामाङ र औखलढुंगाका १८ वर्षीय छिरिङ मोक्तान रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले कालो बिड भएको फलामे बञ्चरो, डेढतोला सुनको सिक्री र एक थान हुवावे मोबाइल बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4