Comments Add Comment

हठात् संसद अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारी प्रवृत्ति : कांग्रेस

६ वैशाख, काठमाडाैं । प्रमुख विपक्षी नेपाली कांग्रेसले हठात् संसद अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारी प्रवृत्ति भएको बताएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको भन्दै भर्त्सना गरेको छ ।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ’ उसले भनेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेबाट संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।

१५ वैशाख अन्तिम मिति

यसैबीच केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यताको डेटा इन्ट्रीको अन्तिम मिति १५ वैशाखलाई तोकेको छ । त्सपछि इन्ट्री स्वतः बन्द हुनेछ ।

भदौमा महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसमा नविकरण भएका वा नयाँ क्रियाशील सदस्यको डेटा वेबसाइटमा इन्ट्री गर्नुपर्ने हुन्छ । पटकपटक म्याद दिँदा पनि ६ लाखबढीको मात्र डेटा इन्ट्री भएको छ । कतिपय जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नकिरण नै हुन सकेको छैन ।

यसले महाधिवेशनको सिंगो कार्यतालिका नै प्रभावित गर्ने खतरा बढेपछि सोमबारको केन्द्रीय कार्यसमिति बैठकले डेटा इन्ट्रीको अन्तिम मिति १५ वैशाखलाई तोकेको छ हो । सो राती १२ः०० बजे कम्प्युटर सˆटवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ’ बैठकको निर्णयमा भनिएको छ ।

क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको सिन्धुपाल्चोक र सप्तरी तथा हालै मात्र सुरु भएको बारा र सोलुखुम्बुको हकमा भने वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सˆटवेयरमा डेटा “इन्ट्री” गरी गर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment