+
+

इँटा उद्योगमा लुकाइराखेका भारतीय टेम्पो बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते ९:५६

७ बैशाख, सप्तरी । सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा भारतीय नम्बर प्लेट भएको टेम्पो लुकाएर राखिएको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसारसशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक श्याममणी ढकाल नेतृत्वको टोलीले ती टेम्पो नियन्त्रणमा लिइएको हो ।

राखिएका टेम्पोको कुनै कागजातसमेत फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

५४ लाख मूल्य बराबरका ती टेम्पोलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?