Comments Add Comment

वीरगञ्ज महानगरभित्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन

७ वैशाख, वीरगञ्‍ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वीरगञ्‍जमा वैशाख १२ गतेदेखि दुई सिफ्ट गरेर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ । महानगरपालिकाले कक्षा १ देखि ५ सम्म मूल्यांकन विधिको आधारमा कक्षा उतिर्ण गर्न भनेको भएपनि निजी शैक्षिक संस्थाले परीक्षा लिने तयारी गरिरहेका छन् ।

सिनेमाहल पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रंगशालामा हुने दर्शक सहितको खेलकुद, मनिसहरुको भिडभाड हुने कुनैपनि कार्यक्रम बैशाख मसान्तभित्र नगर्न÷नगराउन, मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थालमा जनस्वास्थ्यको मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पुजा बाहेक भिड जम्मा हुने कुनै पाठ पुजा नगर्न, मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला नहुन, पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिइ २५ जना मात्र सहभागी हुने गरी गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बैशाख महिना विवाहको लगन भएको महिना भएकोले पार्टी प्यालेसहरु विवाहका लागि यसअघिदेखि नै बुकिङ भएका छन् । त्यसैगरि सूचनामा सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा उल्लेख गरिएको छ । कार्यालय, बैंक तथा वित्तिय संस्था ।

पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाईजर र मास्कको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाई आएमा बढीमा १० रुपैयाँ लिई मास्क उपलब्ध गराउने, मास्क नलगाउने व्यक्तिलाई कार्यालयमा प्रवेश गर्न नदिन, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ ।

भने आम नागरिक तथा सर्वसाधरणले व्यक्तिगत र सामुदायिक सरफाईमा ध्यान दिन, स्वाव दिएपछि अरु व्यक्तिसँग अलग रहने र परीक्षणको नतिजा पोजेटिभ आएमा लक्षण सहितको संक्रमितले अस्पताल र लक्षण रहित संक्रमित होम आइसोलेसनमा रहन र घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment