
७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सूर्या ल्याब, सिनामंगलमा छापा मारेर ६ जनालाई पक्राउ गरेको छ ।
व्यक्तिको स्वाब दिएर कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाएको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सूर्या हेल्थ केयरमा छापा मारेको थियो । त्यसक्रममा ६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4