+
+

माधव नेपाल समूहको ९ वैशाखको कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १६:२३
माधव नेपाल समूहको भेलाको फाइल तस्वीर ।

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

वक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?