Comments Add Comment

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै सभामुखलाई पत्र

७ वैशाख, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष पत्र पुगेको छ ।

सर्लाहीका कल्याणकुमार केसी र चितवनका तारा बरालले मंगलबार संघीय संसद सचिवालयमार्फत सभामुख सापकोटालाई पत्र पठाएका हुन् ।

‘एमसीसी खारेज गर्नुपर्छ भन्ने निवेदन आएको छ । दर्ता भई सभामुखकहाँ पेश भइसकेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने । निवेदन सभामुखलाई सम्बोधन भएर आएका कारण दर्ता गरेर उतै पठाइएको उनले जानकारी दिए ।

सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा एमसीसी खारेज गर्नुपर्नाका ७ वटा कारण दावी गरिएको छ । जसमा सम्झौताका हरेक बुँदा नेपालको हित विपरीत रहेको, नेपालको संविधान कानुनभन्दा माथि एमसीसी रहने भनिएको, विदेशीलाई आयोजना दिए स्वदेशमा लगानी गर्न पाउने नेपालीको अधिकार हनन हुने जस्ता तर्क गरिएका छन् ।

आफूहरुले लामो समयदेखि एमसीसी खारेज हुनुपर्छ भनेर आवाज उठाउँदै आएको निवेदक केसीले बताए । ‘केही गरी एमसीसी अगाडि बढ्ला कि भनेर सभामुखको ध्यानाकर्षण गर्न खोजेका हौ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment