
७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरूद्ध सोमबार छिमेकी बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ बलात्कार गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4