+

१८ औं ओभर जुवा खेलेजस्तै भयो !

२०७८ वैशाख  ७ गते २०:०९ २०७८ वैशाख ७ गते २०:०९
१८ औं ओभर जुवा खेलेजस्तै भयो !

७ वैशाख, काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६२ रन बनाइसकेको थियो । ६ विकेट हातमा रहेको उसलाई अन्तिम ३ ओभरमा ४५ रन आवश्यक थियो ।

नेपालका सोमपाल कामीको २ तथा करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेको समान १/१ ओभर बाँकी थियो । कप्तान ज्ञानेन्द्र मल्लले १८औं ओभरका लागि सन्दीपलाई बल थमाए । तर सन्दीपलाई डच कप्तान पिटर सिलारले लगातार तीन छक्का प्रहार गरे । यो ओभरमा सन्दीपले १ विकेट लिएपनि नेदरल्याण्ड्सले २० रन जोड्यो ।

कप्तान ज्ञानेन्द्रकै भाषामा यो ओभर जुवा जस्तै सावित भयो । ‘स्यान्डी अनुभवी बलर हो । उनीहरुले मिडियम पेस राम्रै खेलिरहेका थिए । सोमपाल पनि रिदममा देखिएका थिएनन् । त्यसैले विकेट निस्कन सक्छ कि भने १८औं ओभरमा बलिङ गराएको हो,’ उनले अघि भने, ‘गेममा कहिलेकाहीं यस्तो हुन्छ, ग्याम्बल जस्तै भयो ।’

अर्को ओभरमा डेथ ओभर स्पेसलिस्ट अविनाश बोहरा पनि महँगा सावित भए । उनले १९ रन खर्चेर १ विकेट लिए । दुई ओभरमा ३९ रन जोडेपछि नेदरल्याण्ड्सले अन्तिम ओभरमा ६ रन मात्र बनाउनुपर्ने थियो ।

‘स्यान्डी अनुभवी बलर हो । उनीहरुले मिडियम पेस राम्रै खेलिरहेका थिए । सोमपाल पनि रिदममा देखिएका थिएनन् । त्यसैले विकेट निस्कन सक्छ कि भने १८औं ओभरमा बलिङ गराएको हो,’ उनले अघि भने, ‘गेममा कहिलेकाहीं यस्तो हुन्छ, ग्याम्बल जस्तै भयो ।’

पहिलो बलमा करण केसीले विकेट लिएपनि त्यसपछि बास डे लिडले लगातार दुई चौका प्रहार गर्दै डच टोलीलाई जित दिलाए । अविजित ८१ रन जोड्दै नेदरल्याण्ड्सलाई जिताएका लिड म्यान अफ द म्याच घोषित भए । चौथो नम्बरमा ब्याटिङ गरेका उनले ४२ बल खेल्दै ७ चौका  र ५ छक्का प्रहार गरे ।

उनले पहिलो खेलपछि धेरै कुरा सिकेकाले आजको खेल राम्रो भएको बताए । ‘हामीले नेपालसँग पहिलो खेल हारेका थियौं । त्यस खेलका गल्तीहरु सुधार गर्दै खेल्यौं र आज जित्यौं,’ उनले भने, ‘अर्को खेलमा राम्रो गर्ने अपेक्षा छ ।’

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा २०६ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । उनी डेब्यूदेखि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

यस्तै टी–२० अन्तर्राष्ट्रिय पहिलो अर्धशतक प्रहार गरेका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६० रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्लले सुरुमा सहज रुपमा लिएकाले पछि गाह्रो भएको बताए । ‘सुरुमा अलिकति सजिलो लिएजस्तो लाग्यो । तर उनीहरुले जसरी ब्याटिङ गरे उनीहरुलाई पनि क्रेडिट जान्छ मेरो विचारमा,’ ज्ञानेन्द्रले भने, ‘हामीले केही ओभर ६ रनभन्दा कममा रोक्न सकेको भए अलिकति गेम टाइट हुन्थ्यो ।’

उनले सोचेजस्तो ब्याटिङ भएपनि अन्तिममा केही रन कम बनेको बताए । ‘ब्याटिङमा सोचेजस्तो भइरा’छ । विकेटले पनि धेरै सहयोग गरिरा’छ । खेलाडीहरु पोजेटिभ भएर खेलिरहेका छन्,’ उनले भने, ‘तर कुशल र करण चाँडै आउट भए । अन्तिममा हामीले २–३ ओभरमा रन तान्न सक्थ्यौं होला । हामी ८–१० रनले तल भयौं ।’

दुवै टोलीले सम्झिए दर्शक

सरकारले दर्शकसहित खेलकुद गतिविधि गर्न नपाउने निर्णय गरेपछि मंगलबार त्रिवि क्रिकेट मैदानमा दर्शकबिनै नेपालले खेल्यो । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराउँदै करिब ५ हजार दर्शक उपस्थित थिए । तर मंगलबार दर्शक थिएनन् ।

दुवै टोलीले दर्शक ‘मिस’ गरे । ‘दर्शक नहुँदा न्यास्रो लाग्दो रहेछ । अन्तर्राष्ट्रिय खेलमा दर्शकको अघि खेलिरहेको तर आज नहुँदा अलि कस्तो कस्तो लाग्दो रहेछ । नेपालमा पहिलो पटक दर्शक बिना खेलेको हो,’ ज्ञानेन्द्रले थपे ।

म्यान अफ द म्याच बनेका बास डे लिडले पनि दर्शक नहुँदा खल्लो लागेको बताए ।

क्रिकेट टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय