+
+
Shares

राष्ट्रपति कार्यालयमा हुने न्यायाधीशको शपथ सर्वोच्च अदालतमै

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १५:०७

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र नहकुल सुवेदीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश चुडाल र सुवेदीलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्यायपरिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् ।

यसअघि न्यायाधीशहरुको शपथ राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने गरेको थियो । तर यसपटक राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले गराउने शपथ सर्वोच्च अदालतमै गराउन सक्ने भनी पत्र पठाएकाले शपथ कार्यक्रम सर्वोच्च अदालतमै राखिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?