
८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।
जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4