+
+
Shares

एनआरएनए फाउण्डेसन स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १९:११

८ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न एनआरएनए फाउण्डेसन स्थापना गरेको छ ।

विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले फाउण्डेसन स्थापना गरिएको एनआरएनएले जनाएको छ ।

फाउण्डेसनको प्रस्तावित अध्यक्षमा जीवा लामिछाने रहेका छन् । यस्तै लीलामणि पौड्याल, कुलचन्द्र गौतम, मनिषा कोइरालालगायत पनि अभियानमा जोडिएका छन् ।

फाउन्डेसनमार्फत एनआरएनएले नेपालमा प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्य, प्राचीन स्मारकको जीर्णोद्वार, कला, संगीत आदि क्षेत्रमा सहयोग, वैज्ञानिक तथा श्रमिकको क्षमता अभिवृद्धि, खेलकुद विकास र गैरआवासीय नेपालीको उत्थान आदि क्षेत्रमा काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?