
९ वैशाख, दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासंघ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परीक्षणका क्रममा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए ।
परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4