Comments Add Comment

रियल शीर्ष स्थानमा, बेन्जामाको दुई गोल

९ वैशाख, काठमाडौं । करिम बेन्जामाको दुई गोल मद्दतमा काडिजलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३-० ले पराजित गरेको हो । काडिजको मैदानमा रियललाई जित दिलाउन बेन्जामाले दुई र अल्भारो ओड्रिजोलाले एक गोल गरे ।

खेलको ३० औं मिनेटमा बेन्जामाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा अल्भारोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ४० औं मिनेटमा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा थप गोल नहुँदा रियल ३-० ले विजयी भयो ।

जितपछि ३२ खेलबाट ७० अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लेको छ । एट्लेटिको मड्रिड समान अंक भए पनि हेड टु हेडका आधारमा रियल अगाडि रहेको छ । ३१ खेलबाट एट्लेटिकोको ७० अंक छ ।

 काडिज ३६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment