+

म्यानचेष्टर सिटीको पुनरागमन जित

२०७८ वैशाख  ९ गते १२:४९ २०७८ वैशाख ९ गते १२:४९
म्यानचेष्टर सिटीको पुनरागमन जित

९ वैशाख, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानको रहेको म्यानचेस्टर सिटीले एस्टनभिल्ला विरुद्ध पुनरागमन जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै एस्टनभिल्लालाई २-१ ले पराजित गरेको हो ।

खेलको पहिलो मिनेटमै जोन म्याकगिनले गोल गर्दै घरेलु मैदानमा एस्टनभिल्लालाई पहिले अग्रता दिलाएका थिए ।

तर उक्त अग्रता लमो समय टिकेन । २२ औं मिनेटमा फिल फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । ४० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमै २-१ को अग्रता दिलाए । दोस्रो हाफमा थप गोल भएन ।

दुवै टोली १० खेलाडीमा समेटिएको थियो । ४४ औं मिनेटमा जोन स्टोन्सले रातो कार्ड पाएपछि सिटी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । यस्तै ५७ औं मिनेटमा एस्टनभिल्लाक म्याटी क्यासले दोहोरो पहेलो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

जितपछि ३३ खेलबाट ७७ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ । सिटीलाई अब उपाधि जित्न बाँकी ५ मध्ये ३ खेल जिते पुग्नेछ । ३२ खेलबाट ६६ अंकसहित युनाइटेड दोस्रो स्थानमा छ ।

म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय