Comments Add Comment

वीरगञ्जमा निःशुल्क अक्सिजन सेवा

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।

अत्यावश्यक अवस्थामा सर्वसाधरणलाई अक्सिजनको अभावमा नहोस् भनेर निःशुल्क अक्सिजन सेवा सुरु गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ । सेवाको बिहीबार पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले उद्घाटन गरेका थिए ।

तत्कालका लागि सानो सिलिण्डर १४ र ठूलो ५ वटा राखिएको छ । आवश्यकता अनुसार थप गर्दै लैजाने तयारी केन्द्रले गरेको छ । बढ्दो कोभिड संक्रमणसँगै वीरगञ्जमा होम आइसोलसनमा बस्ने संक्रमितको संख्या बढ्दो छ । होम आइसोलेसनमा बस्ने संक्रमितले अक्सिजन नपाएर छटपटिने अवस्था आउन सक्ने स्थिति रहेको भन्दै चिकित्सकहरुले चेतावनी दिइरहेका छन् ।

सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अत्यन्त जरुरी अवस्थामा अक्सिजनको अभावमा कसैको ज्यान नजाओस् भनेर सेवा सुरु गरिएको बताए । ‘आवश्यक पर्दा अक्सिजन तत्काल सहजै पाइँदैन । खोज्न समय लाग्छ,’ उनले भने, ‘ तर alरामीलाई त अक्सिजन दिनुनैपर्छ, त्यो बेला हामी निmशुल्क सहयोग गर्छौैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment