Comments Add Comment

कस्तुपको ‘सिलौटोमा चटनी’मा रामजी, कुलेन्द्र, ज्योती र प्रिती

गीतकार कस्तुप पन्तको शब्द तथा संगीतमा तयार भएको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको यो गीतमा आशिश अविरलको संगीत संयोजन छ । यो गीतको भिडियोलाई शंकर वीसीले निर्देशन गरेका हुन् ।

भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योती मगर, प्रिती आलेको अभिनय हेर्न सकिन्छ । अमृत चापागाँइको सम्पादन, दुर्गा पौडेलको छायांकन रहेको यो गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment