+
+
Shares

भारतीय दूतावासले दियो एम्बुलेन्स र स्कुल बस उपहार

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:१२

९ वैशाख, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार दिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो ।

यस वर्ष एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट गरी तीन किसिमका एम्बुलेन्स प्रदान गरिएको दूतावासले जनाएको छ । दूतावासका अधिकारीले यी एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्डअनुसार निर्माण गरिएको जनाए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न र विद्यार्थीहरुको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन भारतीय राजदूतावासले सन् १९९४ देखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आएको छ । हालसम्म ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कुल बस उपहार दिइसकेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?