Comments Add Comment

एप्पलसँग ह्याकरले मागे ६ अर्ब फिरौती

ह्याकरहरुको हौसला दिनहुँ बढ्दै गइरहेको छ । हालै यसको पछिल्लो उदाहरण सार्वजनिक भएको छ । एक रिपोर्ट अनुसार एक रसियन ह्याकिंग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौती माग गरेको छ ।

कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरुले यति धेरै फिरौती माग्नुलाई साइबर विज्ञहरुले निकै गम्भीर रुपमा लिएका छन् ।

समाचार अनुसार उक्त ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्लाकमेल गरिरहेको छ र यो घटना एप्पलका भविष्यका प्रडक्टहरुसँग जोडिएको छ । किनकि ह्याकरहरुले एप्पलका आसन्न प्रडक्टहरु सम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको बताइएको छ ।

एप्पललाई ह्याक गरेर फिरौती माग्ने रुसी ह्याकर समूहको नाम REvil हो । उक्त ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरुसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ ।

एप्पलले मंगलबार आयोजना गरेको वसन्तकालीन समारोह अगाडि नै उक्त घटना भएको थियो र सो ग्रुपलाई म्याकबुक तथा एप्पलका अन्य प्रडक्टहरुको उत्पादकबाट ती डाटाहरु प्राप्त भएका थिए ।

ह्याकरहरुले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए । तर क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न सुरु गरे । डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरुले यस विषयमा खुलासा गरेका छन् ।

एप्पलमाथि दबाब बढाउनका लागि REvil l ले ह्याक गरेका एप्पल प्रडक्टसँग सम्बन्धित डाटाहरुको तस्वीर पोष्ट गर्न सुरु गरेको थियो । त्यसमा कुल २१ वटा स्क्रिनशट थिए, जसमा हालै रिलिज भएको नयाँ आइम्याकका बारेमा पनि विभिन्न जानकारीहरु थिए ।

आइम्याकका अलावा ह्याकरले M1 MacBook Air को डिजाइन पनि लिक गरेका छन् । साथै एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरुले लिक गरेका छन् । स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । जसमा लेखिएको छ- यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ ।

आगामी मे १ अगाडि सम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौती नपाएसम्म दिनहुँ एप्पलका नयाँ नयाँ डाटा सार्वजनिक गर्दै जाने Revil ले चेतावनी दिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment