Comments Add Comment

‘पर्ख र हेर’को अवस्थामा ‘कबड्डी ४’ टिम

कलाकार दयाहाङ राई चलचित्र ‘बिहे पास’को काठमाण्डौ बाहिरको छायांकन सकेर काठमाण्डौ फर्किएका छन् । यो चलचित्रको केही दृश्य र २ वटा गीतको छायांकन काठमाण्डौमा गरिने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रको काठमाण्डौ बाहिरको छायांकन सकेर दयाले चलचित्र ‘कबड्डी ४’को काम सुरु गर्नुपर्ने हो । यसको निर्माणपक्षले पनि वैशाखको ९ गतेबाट छायांकन सुरु गर्ने तयारी गरेको थियो ।

तर, चलचित्रका निर्माता मणिराम पोखरेल भने छायांकन सुरु गर्न अन्यौल भएको बताउँछन् । उनले अनलाइनखबरसँग भने–‘हामी यतिबेला पर्ख र हेरको अवस्थामा छौ । चलचित्रको छायांकन सुरु गर्ने कि के गर्ने भन्ने निर्णय गर्न सकेका छैनौ ।’

सरकारले वैशाख महिनाभर विभिन्न क्षेत्र बन्द गरेको छ । साथमा, २५ जना भन्दा बढी भेला हुन नपाउने नियम समेत सरकारले लागू गरिरहेको छ । यसैले पनि चलचित्रको छायांकन सुरु गर्दा समस्या उत्पन्न हुने हो कि भन्ने वुझाई यसको निर्माणपक्षको छ ।

असोज १५ गतेलाई प्रदर्शन मिति तय गरेकाले पनि यो चलचित्रको निर्माणपक्षलाई योजना अनुसार नै काम गर्न आवश्यक छ । तर, रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन कहिलेबाट सुरु गर्ने निधो गर्न यसको निर्माणपक्षले सकेको छैन ।

च्लचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment