+
+

पोखरा थन्डर्सलाई हुन्डाइ नेपालको साथ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १८:५४

१० वैशाख, काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सात मध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।

नेपाल सुपर लिगको प्रथम संस्करण वैशाख ११ गतेदेखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।

हुन्डाइले विश्वभरनै खेलको विकास र प्रबर्द्रधन गर्ने हेतुले विश्व कपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नै लक्ष्मी हुन्डाइले पनि नेपालमा खेलकुद विकासका लागि विभिन्न खेलकुदहरु (फुटबल, गल्फ) मा के/टू को रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी हुन्डाइले विगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० वर्षसम्म प्रायोजन गरेको थियो ।

हुन्डाइ मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ देखि ४ वर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरुमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?