+

मैदान बाहिर टी-२० सिरिजको फाइनल हेर्ने दर्शकको भीड

२०७८ वैशाख  ११ गते १४:१३ २०७८ वैशाख ११ गते १४:१३
मैदान बाहिर टी-२० सिरिजको फाइनल हेर्ने दर्शकको भीड

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र नेदरल्याण्ड्सबीच फाइनल खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा दर्शकलाई खेल हेर्न प्रवेश निषेध गरिएको छ ।

तर मैदानको बाहिर खेल हेर्नका लागि दर्शकको बाक्लो उपस्थिति छ । उनीहरु आफ्नो प्रिय टिमलाई समर्थन गर्न बाहिर उभिएरै खेल हेरिरहेका छन् ।

बढ्दो कोरोना संक्रमणका कारण सरकारले रंगशालामा दर्शकलाई प्रवेश अनुमति नदिएपछि टीयू मैदानमा पनि दर्शकलाई खेल हेर्न निषेध गरिएको छ ।

टी-२० सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय