+
+
Shares

युवा उद्यमीका सुझावलाई बजेटमा समेटिनेछ : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते १८:०४

११ वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । तर के सम्भव र के जायज हुन् भन्ने विषय बजेटको पूर्वसन्ध्यामा रहेकाले अर्थमन्त्रीले बोल्न नमिल्ने पनि उनको भनाइ छ ।

आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरुलाई कार्यान्वयनमा लैजाने र युवा उद्यमीहरुले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तरतत्वहरु अन्तरनिहित रहेको आफूले ठानेको बताए ।

अहिलेको परिस्थितिमा औसत गतिमा हिंडेर नहुनेमा आफू स्पष्ट रहेको मन्त्री पौडेलले बताए । मुलुकले कोरोना महामारीको सामना गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढंगले बजेट निर्माण हुने उनले जानकारी दिए । अर्थतन्त्रको पुनरुत्थानको कुरा मात्रै गरेर नपुग्ने भन्दै उनले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको धारणा राखे ।

कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमाण्ड शुल्क, निर्यातमा भएका समस्याहरु, स्टिल उद्योगको समस्याहरुको विषय, स्टार्टअप पोलिसी लगायतका विषयमा सुझाव दिएका थिए ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीहरुले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?