 
																			१२ वैशाख, काठमाडौं । कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ की ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
आईसीयूमा उपचाररत उनको आइतवार बिहान साढे ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनमा निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या थियो । उनलाई यही वैशाख ७ गते अस्पताल भर्ना गरिएको थियो ।
(यसअघि समाचारमा मृतक व्यक्ति पुरुष हुनुपर्नेमा महिला भएकाले सच्याइएको छ । सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4