
फाइल फोटो
१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक शुरु भएको हो ।
६ र १० वैशाखमा बसेर अन्त्य गरिएको बैठक फेरि बोलाइएको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भूमिकाविहीन बनाउने गरी कार्यविभाजन र नयाँ स्थायी कमिटी गठन गरेर बैठक अन्त्य भएको थियो । उक्त बैठकलाई नेता नेपाल समूहलाई सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिइएको थियो ।
तर, फेरि आकस्मिक बैठक बोलाइएको छ । ओलीले बोलाउने बैठकमा नेपाल समूह भने अनुपस्थित रहँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4