Comments Add Comment

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

१२ वैशाख, काठमाडौं । चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोना जोखिमलाई मध्यनजर राखेर आइतबारदेखि शुक्रबारसम्मका लागि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो ।

डा. अधिकारीले अनलाइनखबसँग भने, ‘चिकित्सकसहित १० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखियो । जसमध्ये ६ जना अस्पतालकै आइसोलेसनमा छन् भने ३ जना होम आइसोलेसनमा छन् । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।’ उनका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना विशेषज्ञ, ५ जना स्टाफ नर्स, एक जना ल्याव प्राविधिक र बाँकी अन्य कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment