Comments Add Comment

‘अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखियो’

फाइल तस्वीर

११ वैशाख, काठमाडौं । अनलाइन कक्षामा इन्टेरनेटको क्षमता कमजोर रहेको एक अध्ययनले देखाएको छ । कोरोना महामारीका कारण नेपालका धेरै विद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन हुँदै आएका छन् । वैकल्पिक सिकाइ अन्तगर्गतको अनलाइन कक्षामा इन्टरनेटको क्षमता कमजोर देखिएको सो अध्ययनले देखाएको छ ।

युभर्सिटी अफ अक्सफोर्ड र लुनिभा बाल सरोकार समूहले ६ महिना लगाएर ‘नेपालको विद्यालय शिक्षामा कोभिड–१९ को असर’ सर्वेक्षण प्रतिवेदन तयार पारेको छ । सार्वजनिक उक्त अध्ययन प्रतिवेदन अनुसार अनुसार विद्यालयमा प्रविधिको पहुँच न्यून देखिएको छ ।

७४ प्रतिशत विद्यार्थी मोवाइल, २६ प्रतिशत ल्यावटप, ११ प्रतिशत डेस्क्सटपबाट अनलाइन कक्षामा सहभागी भएको उल्लेख गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान गरिरहेकी डा. उमा प्रधानले प्रस्तुत गरेको सो प्रतिवेदनमा ८१ प्रतिशतमा इन्टरनेट तथा डाटा मार्फत सहभागी र बाँकी विद्यार्थीको अनलाइन कक्षामा पहुँच नभएको तथ्य सो अध्ययनले सार्वजनिक गरेको छ ।

त्यसमा पनि ८० प्रतिशत बालबालिकाले मोबाइल अभिभावकबाट सेयर पढ्ने गरेको, पहिलो बन्दाबन्दी पछि अत्याधिक विद्यार्थीले मोबाइल तथा इन्टरनेट प्रयोग गर्ने गरेको, रेडियो र टेलिभीजन प्रयोगमा नआएको र विद्यार्थीमा मनोसामाजिक तथा आँखामा समस्या देखिएको औँल्याएको छ ।

पहिलो चरणमा ललितपुरका चार वडामा गरिएको सो अध्ययनले अपाङ्गता भएका तथा कठिन अवस्थामा रहेका बालबालिकालाई वैकल्पिक सिकाइले नसमेटेको प्रतिवेदनले औँल्याएको छ । दोस्रो चरणमा विद्यार्थीलाई गरिएको अध्ययनमा अनुसन्धानकर्ताले विद्यार्थीलाई चिठी लेख्न लगाएका थिए । सो अध्ययनमा ४०० वटा चिठी अनुसन्धान कर्ताले प्राप्त गरेको थिए ।

प्रतिवेदन सार्वजनिक भएपश्चात शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले कोभिड महामारी पश्चात नेपालको शिक्षामा परेको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने र स्थानीय निकायलाई समेत विद्यालय शिक्षा सुधारको लागि निर्देशन दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment