+
+
Shares

बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १५:०५

१२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँकेको कोहलपुर –१३ का ५७ वर्षीय पुरुषको आइतबार दिउँसो १:४० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ४ गते उनको पीसीआर परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै सोही दिन अस्पताल भर्ना भएका उनको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको ओलीले बताए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यसअघि बाँकेमा तीन जनाको मृत्यु भएको थियो भने एक जना कोरोना संक्रमितले होमआइसोलेसनमै आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?