+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

उपत्यकाका प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १५:४७

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रुपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?