+
+
Shares

नेप्से करिब ७६ अंकले घट्दा पनि यी कम्पनीले भने कमाए

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १६:१६

१२ वैशाख, काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् ।

आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि नाफा आर्जन गरेको छ । अन्य धेरै सूचकहरु पनि सकारात्मक छन् । तर यहिँ कम्पनीको सेयर मूख्य पनि बढ्न सकेन ।

यता सर्वसाधारणतर्फको सेयर मूल्य वृद्धि नभए पनि आइतबार धेरै कमाउनेको शिर्ष स्थानमा कुमारी बैंक नै देखिएको छ । यस बैंकको सर्वसाधारण तर्फको सेयर मूल्य बढ्न नसके पनि संस्थापक समूहको सेयर मूल्य १४ रुपैयाँले बढेर प्रतिकित्ता ११४ रुपैयाँ पुगेको छ ।

बजारमा यति ठूलाे अंककाे गिरावट देखिदा पनि ८ कम्पनीहरूकाे सेयर मूल्य भने राम्रैसँग बढेकाे छ ।

धेरै कमाउनेको शिर्ष स्थान कुमारी देखिदा महिला लघुवित्त दोस्रो नम्बरमा देखिएको छ । यस संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात १९४ रुपैयाँले वृद्धि भएर २ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

तेस्रोमा देखिएको विशाल बजारको सेयर मूल्य ३१६ रुपैयाँले बढेर ३ हजार ४ सय ८४ रुपैयाँ पुगेको छ ।

यी हुन् कमाउने ८ कम्पनीः

नाम कायम मूल्य वृद्धि मूल्य वृद्धि प्रतिशत
कुमारी बैंक (संस्थापक) ११४ १४ १४
महिला लघुवित्त २१३६ १९४ ९.९९
विशाल बजार ३४८४ ३१६ ९.९७
कालिका पावर कम्पनी ३०० १० ३.४५
मिर्मिरे माइक्रोफाइनान्स १६५५ ४९ ३.०५
गुडविल फाइनान्स २६४ ०.३८
नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) ३९१ ०.२६
एनएमबि हाइब्रिड फण्ड–१ ११.४३ ०.०१ ०.०९

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?