Comments Add Comment

सुरिया ल्याबले ‘पोजिटिभ स्वाब’ लिएर ‘नेगेटिभ’ नतिजा दिएको भेटियो : प्रहरी

१२ वैशाख, काठमाडौं । सिनामंगलको सुरिया हेल्थ केयरले कोभिड–१९ भाइरसको पोजिटिभ स्वाब परीक्षण गरेर नेगेटिभ रिपोर्ट दिएको पाइएको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाले चलाएको विशेष अपरेशनमा नेगेटिभ रिपोर्ट प्राप्त चारजनाको भनेर परीक्षण गराइएको स्वाब पुनः जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रहरीले जनाएको हो ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चारजनाको नाममा राखिएको स्वाब पोजिटिभ देखिएको हो । उनले अनलाइनखबरसँग भने, ‘यसले प्रयोगशालाको कसूरलाई थप पुष्टि गरेको छ ।’

यसअघि ७ वैशाखमा चारजना प्रहरी आफैं सेवाग्राही बनेर पिसीआर रिपोर्ट माग गरेका थिए । ९ हजार रुपैयाँ तिरेपछि स्वाब नदिइ नेगेटिभ रिपोर्ट दिएपछि प्रहरीले प्रयोगशालाका ६ जनालाई पक्राउ गरेको थियो । तिनै चारजनाको भनेर परीक्षण गरिएको स्वाब पोजिटिभ देखिएको महाशाखाका एसपी कृष्ण पंगेनीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ परेका सबैजनाविरुद्ध कीर्ते र मुलुकी अपराध संहितामा रहेको संक्रामक रोग फैलाउनु नहुने कसूर अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस ९ हजार बुझाए स्वाब नै नदिई पीसीआर नेगेटिभको रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment