+
+
Shares

चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १८:४९

१२ वैशाख, काठमाडौं । चितवन र डडेल्धुरामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

आइतबार चितवनको भरतपुर महानगरपालिका–२१ कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ । ना ७ ख ८११९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री भरतपुर महानगरपालिका–१९ की ४६ वर्षीया गीता गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी भरतपुर महानगरपालिका–१७ बेलवामा अनियन्त्रित भई ट्याक्टर पल्टिंदा चालकको मृत्यु भएको छ । ना ५ त १७४९ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ३४ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै डडेल्धुराको अजयमेरू गाउँपालिका–२ पान्नोलामा ट्याक्टर सडकबाट खस्दा चालकको मृत्यु भएको छ । से २ त १४७२ नम्बरको ट्याक्टर सडकबाट ६ फिट तल खसेर आइतबार बिहान दुर्घटना हुँदा कैलाली गौरीगंगा नगरपालिका–१ का ३० वर्षीय प्रेम खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक चुरे गाउँपालिका बस्ने १६ वर्षीय पवन सिंजापतिलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?