+

रोहित सम्मिलित पर्सिजा च्याम्पियन

२०७८ वैशाख  १३ गते ६:५८ २०७८ वैशाख १३ गते ६:५८
रोहित सम्मिलित पर्सिजा च्याम्पियन

१३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसिया मेन्पोरा कप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङलाई २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित जकार्ताले उपाधि जित्यो । पहिलो लेगमा जकार्ता २-० ले विजयी भएको थियो ।

मानाहान रंगशालामा जकार्तालाई जित दिलाउन असभाल्डो अल्डिल्स हे र रिको मिानजुन्तकले एक-एक गोल गरे । यस्तै पर्सिबका लागि फ्रेन्डिन्ड अल्फ्रेडले एक गोल फर्काए ।

नेपालमा गत चैतमा सम्पन्न त्रिदेशीय कप फुटबल प्रतियोगिता खेल्दै रोहित इन्डोनेसिया गएका थिए ।

रोहित चन्द

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय