Comments Add Comment

पेस्तोल र चरेससहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, जनकपुरधाम । गोली लोड भएको पस्तोल र लागूऔषध चरेससहित सर्लाही सदरमुकाम मलंगवाबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी थाना कन्हौली ग्राम पञ्चायत बिसनपुर आधार वडा नम्बर ८ बस्ने २४ वर्षीय सकलदीप कुमार महतो छन् ।

महतो सवार बीआर३०एस ६२०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकीभित्र गोली लोड भएको अवस्थामा कटुवा पेस्तोल दुई थान र लागूऔषध चरेश ५ सय ग्राम बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयूक्त टोलीले बिशेष सूचनाको आधारमा सम्भावित आपराधिक घटना रोक्न आइतबार राति गस्ती गरिरहँदा महतोलाई मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाबाट नियन्त्रणमा लिएको हो ।

महतोलाई नियन्त्रणमा लिई लागूऔषध तथा हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment