Comments Add Comment

बेंगलोरका जाम्पा र रिचर्डसनले पनि छाडे आईपीएल

१३ वैशाख, काठमाडौं । रोएल च्यालेन्जर्स बेंगलोरका दुई अष्ट्रेलियन खेलाडी एडम जाम्पा र केन रिचर्डसनले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० प्रतियोगिता बीचमै छाडेका छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको संङ्क्रमण बढिरहेकाले खेलाडीहरुले धमाधम आईपीएल छाड्न थालेका छन् । दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले पनि बीचमै आईपीएल छाडेका छन् ।

स्पिनर जाम्पा र फास्ट बल रिचर्डसन व्यक्तिगत कारणले अष्ट्रेलिया फर्किने भएकाले उनीहरु आईपीएलका बाँकी खेलका लागि उपलब्ध हुने छैनन् ।

बेंगलोरले सोमबार ट्वीट गर्दै जाम्पा र रिचर्डसन व्यक्तिगत कारण देखाउँदै अष्ट्रेलिया फर्कने भएको भन्दै अब उनीहरु बाँकी खेलका लागि उपलब्ध नहुने जनाएको छ । साथै दुई खेलाडीको निर्णयलाई बेंगलोरले समर्थन पनि गरेको छ । रिचर्डसनले यस सिजन एक खेल मात्र खेलेका छन् भने जाम्पाले कुनै पनि खेल खेलेका छैनन् ।

जाम्पा र रिचर्डसन उपलब्ध नहुने भएपछि बेंगलोरको विदेशी खेलाडीमा अब ६ खेलाडी मात्र बाँकी छन् । जसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, डानिएल साम्स र डानिएल क्रिस्टियन, दक्षिण अफ्रिकाका ए बी डे भिलियर्स, न्युजिल्याण्डका फिन एलन र केल जेमिसन छन् ।

यस्तै राजस्थान रोयल्सका अष्ट्रेलियन खेलाडी एन्ड्रयु त्ये पनि अष्ट्रेलिया फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment