Comments Add Comment

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन-अफस्क्रिन बलियो बनाइदियो ।

अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन परिवारकै वुहारी हुन् । जगजाहेर छ, अभिषेक र ऐश्वर्य आपसमा दम्पती हुन् । उनीहरुले एक छोरी आराध्य पनि हुर्काइरहेकी छिन् ।

ऐश्वर्य र अभिषेकवीच कसरी भेट भयो ? उनीहरुको पहिलो भेट कस्तो थियो होला ?

अभिषेक बच्चनले हालै दिएको एक अन्र्तवार्तामा सम्झिएका छन्, आफुहरुको पहिलो भेट बबी देओलले गराइदिएका हुन् । बाल्यकालका साथी बबीले अभिषेक र ऐश्वर्यलाई स्विट्जरल्यान्डमा भेट गराइदिएका थिए ।

यो प्रसंग लगभग २४ बर्ष अघिको हो । अर्थात सन् १९९७ मा बबी देओल स्विटजरल्यान्डमा एक फिल्मको छायांकनमा थिए । फिल्म थियो, और प्यार हो गया । यही फिल्मबाट ऐश्वर्य राय बलिउडमा आफ्नो कदम राख्दै थिइन् । उनी पनि बबी देओलसँगै सुटिङमा व्यस्त थिइन् ।

त्यही बखत संयोगले अभिषेक बच्चन पनि स्विट्जरल्यान्ड पुगे । उनी आफ्ना पिता अभिताभ बच्चनकी फिल्म ‘मृत्युदाता’का लागि लोकेसन खोज्न प्रोडक्सन ब्वाईको हैसियतले त्यहाँ पुगेका थिए । त्यसो त अभिषेकले स्विटरल्यान्डकै स्कुलमा पढेका थिए र उनलाई त्यहाँको बारेमा धोरथेर जानकारी पनि ।

बबी देओललाई जब आफ्ना हितैषी अभिषेक पनि  स्विट्रल्यान्डमा नै छन् भन्ने थाहा भयो तब उनले अभिषेकलाई डिनरका लागि बोलाए । अभिषेक बबीसँग भेट्न गए । बबी र ऐश्वर्यको त्यहाँ सुटिङ चलिरहेको थियो । सोही बखत पहिलो पटक अभिषेक र ऐश्वर्यको भेट भयो । यसको मियो बने, बबी देओल ।

पहिलो पटक ऐश्वर्यलाई देख्दा के फरक अनुभूति भएको थियो ?

जवाफमा अभिषेक भन्छन्, त्यस्तो कसलाई नहोला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment