
१३ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कक्षा ५ देखि माथिका सबै कक्षाको मुख्य ५ विषयको परीक्षा लिने भएको छ ।
उपमहानगरपालिकाले विद्यालयहरुलाई पत्र पठाई वैशाख १८ गतेभित्र कक्षा ५ देखि माथिका कक्षाका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर लिन आग्रह गरेको छ ।
त्यस्तै अन्य विषयको परीक्षा भने आन्तरिक मूल्यांकनबाट लिन भनेको छ । कक्षा ५ भन्दा तल्ला कक्षामा भने सबै विषयको नतिजा आन्तरिक मूल्यांकनका आधारमा गर्ने उपमहानगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
उपमहानगरपालिकाले ट्युसन, कोचिङ, तयारी कक्षा आदि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको उपसचिव रत्नबहादुर कटुवालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4