+
+
Shares

लक्ष्मी बैंकको एपीआइ बैंकिङमा आधारित एलएक्सबी कनेक्टमा साझेदारीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते २०:१३

लक्ष्मी बैंकले एपीआई बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआइ डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ।

यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन्।

एलएक्सबी कनेक्ट स्ट्यान्डबक्स इन्भाइरोमेन्ट अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्यसँग एकिकरणको सम्भावनाहरुलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

लक्ष्मी बैंकले निम्न बमोजिम खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी ३ वर्गको प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्नेछः

खाता व्यवस्थापनः खाता खोल्ने, खाता व्यवस्थापन गर्ने, ग्राहक पोर्टफोलियो बनाउने

वित्तीयः हितग्राही व्यवस्थापन, रकम ट्रान्स्फर, बिल भुक्तानी, नियमित (रिकरिंग) भुक्तानी, रेमिट्यान्स भुक्तानी,तलब भुक्तानी, सेटलमेन्ट आदी।

गैरवित्तीयः विनिमय दर, शाखा/एटीएम हरुको जानकारी, प्रमाणिकरण, रिकन्सिलियसन, स्टेटमेन्ट आदि

लक्ष्मी बैंकका १२९ शाखाहरु, ५ हस्पिटल काउन्टर, १५८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ६१ शाखासहित बैंकिङ्ग, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्।

लक्ष्मी बैंकको भगिनी संस्थाको रुपमा माइक्रो फाइनान्स कम्पनी लक्ष्मी लघुवित्तीय संस्था लिमिटेड बैंकको भगिनी संस्थाका रुपमा रहेको छ।

यसैगरी लक्ष्मी बैंकको अर्को भगिनी संस्थाका रुपमा इन्भेस्टमेनट कम्पनी– लक्ष्मी क्यापिटल पनि सञ्चालित रहेको छ।

धितोपत्र बोर्डबाट विभिन्न मर्चेन्ट तथा इन्भेस्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ यो संस्था सन् २००९ देखि सञ्चालित रहेको छ।

बैंकले आर्थिक वर्ष २०१९/२० मा आफ्नो ब्यालेन्सिटको आकार १२९ अर्ब पुर्‍याएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?