Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

१३ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै सोमबार पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

वीरगञ्ज महानगरपालिका–८ कि ३८ वर्षकी महिला र बहुदरमाइ नगरपालिका–७ कि ४५ वर्षकी महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाकी महिलाको नारायणी वयोधा अस्पतालमा सोमबार पौने ६ बजे र बहुदरमाइकी महिलाको सोमबार ६ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो ।

बहुदरमाइकी महिलाको सोमबार नै एन्टिजेन पोजेटिभ देखिएको  नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए । वीरगञ्जकी महिलालाई वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको र १२ गते अस्पताल भर्ना भएकी थिइन् ।

यसअघि सोमबार बिहान मात्रै नारायणी अस्पतालमा एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का ६० बर्षीय पुरुषको मृत्यु भएको थियो । योसहित पर्सामा सोमबार एकै दिन तीनजनाको मृत्यु भएको छ ।

कोरोनाको दोस्रोलहर सुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । वीरगन्जको नारायणी अस्पतालमा १० जना, नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक १४ जना मध्ये पर्साका ११ जना, बाराका २ र सर्लाहीका १ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment