+
+
Shares

डाक्टर साहको पुस्तक ‘आमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १३:१३

१४ वैशाख, विराटनगर । स्त्री तथा प्रसूति रोग विषेशज्ञ डाक्टर बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘आमा’ सार्वजनिक गरिएको छ ।

मातृ स्वास्थ्य सचेतनाका बारेमा लेखिएको पुस्तक डाक्टर साहको जन्मदिनको अवसर पारेर मंगलबार सार्वजनिक गरिएको हो ।

पुस्तकको प्रकाशन लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको छ । डाक्टर साहद्धारा लिखित पुस्तक आमामा गर्भवती महिलाको स्याहार र गर्भअवस्थामा देखिने स्वास्थ्य समस्या विषय समेटिएको छ ।

पुस्तक विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले संयूक्त रुपमा सार्वजनिक गरेका छन् ।

समाजमा स्वास्थ्य सम्बन्धि सचेतना नहुँदा मातृ मृत्युदर नरोकिएका कारण सचेतना जगाउने उदेश्यले पुस्तक लेखेको डाक्टर साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?