+
+
Shares

कर्नाटकमा १४ दिन कर्फ्यू घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १४ गते १४:४२

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको कर्नाटकको सरकारले १४ दिन कर्फ्यू घोषणा गरेको छ । सोमबार कर्नाटकका उप-मुख्यमन्त्री अश्वत नारायणले मंगलबारदेखि लागू हुने गरी कर्फ्यू घोषणा गरेका हुन् । यो प्रतिबन्ध मे १० सम्म जारी रहनेछ ।

उप-मुख्यमन्त्री नारायणका अनुसार मंगलबार बेलुका ९ बजेदेखि कर्फ्यू सुरु हुनेछ । अहिले घोषणा गरिएको कर्फ्यु अवधिभर खाद्यान्न, किराना, फलफूल, डेरी उत्पादन तथा अन्य आवश्यक सेवाको लागि बिहान ६ देखि १० बजेसम्मको समय तोकिएको छ ।

नारायणका अनुसार कर्नाटकको सरकारले खेतीसँग सम्बन्धित कार्य र उत्पादन तथा संरचना निर्माणको कामलाई पनि सीमितरुपमा अनुमति दिने निर्णय गरेको छ ।

त्यस्तै भारतको गुजरातमा पनि कोरोना संक्रमण बढेसँगै विभिन्‍न २९ सहरमा रात्रीकालीन कर्फ्यूको निर्णय गरेको छ । जसअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइनेछ ।

बुधबारदेखि सुरु हुने यो कर्फ्यू मे ५ सम्म जारी रहनेछ । गुजरातका २० सहरमा यसअधि नै कर्फ्यू लगाइसकिएको छ ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?