Comments Add Comment

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिश

रुपन्देहीको बुटवल शहर ।

१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

डीसीसीएमसीको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्नेछन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक बाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराईमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् डीसीसीएमसीको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment